८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नतिजा सार्वजनिक भइसकेको वडाको सिलबन्द मतपेटिका भेटियाे



५ जेठ ०७९, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मतगणना जारी छ । अन्तिम वडाको मतगणनाका क्रममा नजिता सार्वजनिक भइसकेको वडाको सिलबन्द मतपेटिका भेटिएको छ ।

बर्दिबास–८ को एउटा मतपेटिका छुटेको अवस्थामा भेटिएको हो । यहाँका १३ वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर–८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् ।

निर्वाचन कार्यालयले उक्त वडामा ७५३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र)का उमेदवार शमशेरसिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।

थप सिलबन्द मतपेटिका फेला परेपछि वडा–८ का नौ मतपेटिकामध्ये आठवटाको मात्रै गणना गरेर मत परिणाम सार्वजनिक गरिएको तथ्य खुलेको छ ।  सर्वदलीय बैठक बसेर निर्णय लिइने बताइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।