८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुख्यमन्त्री राउतको श्रीमतीले उपाध्यक्षमा हारिन्



६ जेठ ०७९, काठमाडौं ।  मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतकी श्रीमती जलेखा खातुन पराजित भएकी छन् । जसपाबाट खातुन पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा चुनाव लडेकी थिइन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह ५,५३१ मत ल्याएर विजयी भएकी छन् । ३,१२३ मत ल्याएकी खातुन निकटम प्रतिस्पर्धी समेत बन्न सकिनन् । विजयी सिंहको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिरादेवी कुर्मी ३,३४५ मत पाएकी छन् ।

खातुन निकटम प्रतिस्पर्धामा समेत नआएपछि जसपमा खैलाबैला मचिएको छ । गाउँ पालिका अध्यक्षमा समेत त्यहाँ जसपाका उम्मेदवार कृष्ण मोहन प्रसाद यादव पराजित भएका हुन् । अध्यक्षमा नेपाली कांग्रेसका श्रीकान्त यादव ५,७४९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मो। सलिम मंसुर ३,९२६ मत ल्याएका छन् । जसपाका यादव मात्र ३,४४७ मतमा समेटिएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।