८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा भीषण हावाहुरी, तीन जनाको मृत्यु



६ जेठ ०७९, चितवन । चितवनमा शुक्रबार साँझ आएको भीषण हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको हावाहुरीले रुख ढल्दा च्यापिएर मृत्यु भएको हो ।
भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचेको छ भने नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका कुनै पनि सबै पोल सग्लो छैनन् । अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो ।
पुलमा रहेको वारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।