
७ जेठ ०७९, मकवानपुर । मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको जिप शनिबार साँझ ५ बजेको समयमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए ।
जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया