८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जन्तेढुंगामा टेलिफोनको समस्या




८ जेठ ०७९, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ । ३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो । गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ । तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको विष्टले बताए ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका ३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन् ।
गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।
न्युज कारखाना

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।