७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेणु दाहाल भरतपुर महानगरमा झन् अघि बढ्दै




८ जेठ ०७९,भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४ सय १५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५ सय ८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६सय ८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८सय३५ मत प्राप्त गरेका छन् ।
उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४सय २६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३ सय २६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९ सय मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।