७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली कांग्रेस देशभरका ३ सय ११ पालिकामा विजयी




८ जेठ ०७९, काठमाडौं । नेपाली काँग्रेसका उम्मेदवारहरु देशभरका ३ सय ११ वटाको प्रमुख तथा अध्यक्षमा विजयी भएका छन् ।
स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको हो ।
निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पदमा विजयी भएको छ ।
मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७ सय ५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।