७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनगढी उपमहानरगको मेयरमा गोपाल हमाल निर्वाचित, उपमेयर एमालेलाई



७ जेठ ०७९, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् । वड निवर्तमान मेयर पनि हुन् ।

अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर बनेका उनी यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग भारी मतले पछारिएका हुन् ।

धनगढी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यहाँका बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ । तर, मेयरमा भने गठबन्धन हुँदा पनि पराजित हुनु परेपछि कांग्रेसीजनमा निराशा छाएको छ ।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।