८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन वटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना




९ जेठ ०७९, काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
बिहान बागमती र गण्डकीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।
दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई वर्षाको सम्भावना छ।
मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। न्युज कारखाना

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।