८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मूल्यबृद्धिको बिरोधमा चक्कजाम, सडकमै चियापान



फाइल तस्विर

मोहम्मद हबिब
१३ जेठ ०७९, भैरहवा । मूल्यबृद्धिको बिरोधमा भैरहवामा चक्कजाम गरिएको छ । पेट्रोलियम पदाथ, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्कजाम गरिएको हो ।
अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्कजाम गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्त रुपमा साझ ५ बजेदेखि साढे ६ बजे सम्म चक्कजाम गरेका हुन् । चक्कजामले सिद्धार्थ राजमार्ग र भैरहवा तौलिहवा सडक केही समय अवरुद्ध रह्यो । नागरिकलाई सास्ती दिनु भन्दा पनि शान्तिपूर्ण रुपमा सरकारको विरोध स्वरुप बन्द चक्कजाम गरिएको हो ।
समान्य नागरिकले जीवन थेग्न नसक्ने गरी जनतालाई ढाड सेक्ने गरी भएको मुल्य बृद्धि तत्काल फिर्ता गर्नका लागि सरकारको ध्यानाकृष्ट होस भन्ने हेतुले पनि चक्कजाम आवहान गर्न परेको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य लक्ष्मी केसीले बताइन ।
संयुक्त भातृ संगठनको चक्कजामले यात्रुहरुलाई सास्ती दिनुको साटो मनोरञ्जन समेत दिएका छन् । चक्कजाम गरेर संगठनका कार्यकर्ता तथा नेताहरुले सडकमै चिया पकाएर चियापान गरेका छन् । उनीहरुले दाउरा बालेर सडकमै चिया पकाएर यात्रु र उपस्थितलाइ चियापान गराएका थिए ।
चक्कजाम अगावै अनेरास्वियुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । गठबन्धन सरकारले नियोजित ढङले मुल्यबृद्धिका लागि प्रोत्साहन गरिरहेको र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य बृद्धि गरेकोले बाध्य भएर चक्कजाम गर्नु परेको जनाएको छ ।
अनेरास्ववियू सिद्धार्थनगर नगरकमिटिीका अध्यक्ष सुनिल खनाल नेर्तृत्वमा संगठनको टोलीले ले प्रजिअ तिवारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
न्युज कारखाना

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।