८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नातीले गरे हजुरआमाको हत्या



©lalitpurkhabar.comshayam phuyal

१४ जेठ ०७९, उदयपुर । उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका ७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
घर जग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारलाई खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
नाति रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी ल्याएका हुन् ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।