८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘बालेन, हर्क र गोपालको विजयी दलप्रति जनताको विद्रोहको संकेत’




१४ जेठ ०७९, काठमाडौं । जनता समाजवादीका सांसद राजकिशोर यादवले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले काठमाडौं, धरान, धनगडीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको वियय राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका हुन् ।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगडी उपमहानगरमा गोपाल हमालसहित निर्वाचित भएको प्रसङ्ग कोट्याउँदै उनले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको संकेत रहेको बताए ।
यसलाई अन्त्य गरेर दलीय निर्णय प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ छ । दलहरुले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै उनले अब लोकतन्त्र बलियो भएको बताए । न्युज कारखाना

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।