
१५ जेठ ०७९, काठमाडौं । नेपाली सेनाको टोली विमान हराइरहेको क्षेत्र आसपास पुगेको छ। पोखराबाट एमआई १७ हेलिकप्टरमा गएको जर्नेल बाबुराम श्रेष्ठसहितको १२ जनाको विशेष उद्धार टोली नोर्चाङ गुम्बामा अवतरण गरेको हो। त्यहाँबाट पैदल नै उकालो लागेको सेनाले जनाएको छ।
यस्तै जोमसोमको नारायण दल गणबाट पैदल हिँडेको ६२ जना सेनाको टोली पनि पाइलटको मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको छ। क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको टोली मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको हो।
अब करिब डेढ दुई किलोमिटर माथि जानुपर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीले जानकारी दिए।







प्रतिक्रिया