२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन



१७ जेठ ०७९, काठमाडौं । रोल्पा कारागारमा जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।