८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मंकीपक्सको आशंका गरिएको व्यक्तिमा कुष्ठरोग



३ असार ०७९, काठमाडौं  ।मंकीपक्सको आशंका गरिएको एक व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेकियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले एक जना व्यक्तिलाई विशेष परामर्शको लागि असार २ गते शुक्रराज ट्रफिकल तथा सरुवा रोग स्पताल टेकु काठमाडौंमा पठाईएको थियो ।

उक्त व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँचपड्ताल क्रममा विभिन्न ६ ठाउँमा जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । उक्त २६ वर्षिय पुरुषमा कुष्ठरोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मंकीपक्सको कुनै पनि शंकास्पद संक्रमणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सम्बन्धीत अधिकारीहरुलाई सूचना उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।