२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कुकुरले टोकेको झोंकमा एक व्यक्तिले मालिकलाई रडले रामधुलाई गरेपछि…



एजेन्सी
२० असार ०७९, नयाँ दिल्ली । छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।
धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई पुच्छर समाते र धकेलिदिए ।
आफूले पालेको जनावरलाई उद्धार गर्न मालिक आउँदा दहियाले मालिकलाई पनि हिर्काएका थिए । ककुरलाई रडले हानेर भुईमा पछारेपछि उनले मालिकलाई पनि हिर्काएका थिए । एकपछि अर्कालाई हिर्कापछि अर्का पुरुषले हस्तक्षेप गरेका थिए । कुकुरको विषयलाई लिएर दहियाल र तेस्रो व्यक्तिबीच झगडा भएको थियो ।
दहियाले परिवारकी एक महिलालाई पनि रडले हानेका थिए । घटनाको भिडियोमा क्रुद्ध ती व्यक्तिले महिलालाई आफ्नो घरमा प्रवेश गर्नबाट रोक्न खोज्दा रडले हिर्काएको देखाइएको छ । यसैबीच, कुकुरले टोकेका दहियाको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।