१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘कन्फर्म’, सचिवमा देव गुरुङ देखी पम्फा भुषालसम्म




२३ असार ०७९, काठमाडौं । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ कन्फर्म भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकस पुर्ण भएको छ ।
मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको बिषय सकसपुर्ण भएको हो । जसकाकारण गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।
मंगलवार र बुधवार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य बिषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन । ‘आज पनि पदाधिकारी टुंगो लगाउने बिषयमा केन्द्रीय समिति बैठक अघि आन्तरिक गृहकार्य गर्दछौं, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पुर्व कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।

खुमलटारस्थित प्रचण्ड निवासमा पुर्व पदाधिकारी र पुर्व स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ । सो बैठकमा दुवै नेता बिच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिएको छ ।
उपाध्यक्षमा श्रेष्ठ ‘कन्फर्म’ भए झै गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सुचीमा रहेका छन भने मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफनो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ ।
उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरुले बताएका छन भने कोषाध्यक्षमा गजुरेलले दोहरिन सक्ने छन ।
माओवादी बिद्यान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि आवाश्यक्ता अनुसार थप गर्न सक्ने अधिकार केन्द्रिय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यद्धपी, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रिय समितिको तेस्रो केन्द्रिय समितिको पुर्ण बैठकवाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन ।

महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।