१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प



एजेन्सी । फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकाको जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार बुधबार फिलिपिन्समा ७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।
सुरुमा यो भूकम्प ७.१ म्याग्निच्युड रहेको बताइएको भए पनि यूएसजीएसले यो भूकम्प ७ म्यग्निच्युड मात्र रहेको बताएको छ।

भूकम्पको केन्द्रविन्दु फिलिपिन्सको दक्षिणपूर्वी सहर डोलोरेस रहेको यूएसजीएसले बताएको छ। फिलिपिन्सको भूकम्प मापन केन्द्रले भूकम्प शक्तिशाली भए पनि सुनामीको जोखिम भने नरहेको बताएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।