६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा



१२ साउन ०७९, काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उहाँ आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायकमन्त्री लुको भ्रमण नियमित रहेको अमेरिकी दूतावासले जनाएको छ ।

लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए । नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु नेपाल आएका हुन् ।  सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।