६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झन्-झन् बढ्यो कोरोना, एकैदिन ७१० जनामा पुष्टि, दुईजनाको मृत्यु



१२ साउन ०७९, काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार २५ वटा नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३२४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २२४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।

आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।