६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५७७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु



१३ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पीसीआर विधिबाट ४ हजार २८२ जनाको नमूना परीक्षण गर्दा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ। थप ५७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ४ हजार ३५४ पुगेको छ। २४ घण्टाको अवधिमा २६९ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।  पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।