२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्प अपडेटः भोजपुर र खोटाङका ६ घरमा क्षति



१५ साउन ०७९, काठमाडौं । खोटाङको मात्तिम बिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान ८ बजे १३ मिनेटमा गएको ६ म्याग्निच्यूडको भूकम्पले ६ वटा घरमा क्षति पुगेको छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार भूकम्पबाट साकेला गाँउपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर चर्किएको छ।

त्यस्तै डाडागाँउका प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ। उता हलेसी(तुवाचुङ।नगरपालिका ९ सल्ले बस्ने ध्रुव पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको छ। त्यही नगरपालिका ७ का सयङ्खुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ।

काठमाडौंसम्म सामान्य धक्का महसुस भएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा दुई घरमा क्षति पुगेको छ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।