६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन झण्डै ९ सय जनामा कोरोना संक्रमण, एकको मृत्यु, उपत्यकामा ४५६ संक्रमित थपिए



१६ साउन ०७९,काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४५६ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३७३, भक्तपुरमा १७ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ४४५ पुगेको छ । अस्पतालमा रहेकामध्ये ३६ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।