६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढ्यो कोरोना संक्रमणदर, एकैदिन ९१५ जनामा कोरोना पुष्टि



१८ साउन ०७९, काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संक्रमण संख्या चौथो लहर सुरु भएयता नेपालमा एकैदिन पुष्टि भएको सबैभन्दा धेरै हो । हाल संक्रमणदर १५ प्रतिशतभन्दा बढी रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४२२ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।आज देशभर रहेका पाँच हजार ४३३ जना सक्रिय संक्रमितमध्ये पाँच हजार २७५ जना होम आइसोलेसनमा र १५८ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ४३ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।