११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मदन पुरस्कारको उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक



२३ साउन ०७९, काठमाडौं ।काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७८ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक सार्वजनि गरेको छ। गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो।

पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइनेछ। पुरस्कार राशी चार लाख रूपैयाँ रहेको छ।

यी हुन् छनोटमा परेका ८ पुस्तक :
अग्नि– डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा– बसन्त बस्नेत
यादको सन्दुक– दिपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा. नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।