२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता



२४  साउन ०७९, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै असोज चौथो साता पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने भएको हो । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेससम्म उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
आगामी चुनावबाट प्रत्यक्षतर्फ एक सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ तीन सय तीस जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

समानुपातिकतर्फको निर्वाचनका लागि साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज दुई र तीन गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि सभा सदस्य तथा दुई सय बीस जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।