६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ह्वातै बढे कोरोना संक्रमित, एकै दिन एक हजार बढी थपिए



२४  साउन ०७९, काठमाडौं ।  पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । छ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।

आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।