६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ८६८ जनामा कारोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या पनि बढ्यो



२५ साउन ०७९, काठमाडौं ।  पछिल्ला केही दिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमणसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको हो ।
केही दिनअघिसम्म मृत्यु शून्य प्रायस् थियो । कहिलेकाही एक जनाको ज्यान जाने गरे पनि पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएको छ । पछिल्लो समय दैनिक एकरदुई जनाको ज्यान गइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।