६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विश्व बैंकको साढे १२ अर्ब ऋण र जापानको २ अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय



२९ साउन ०७९,काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यहि २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिनुभयो ।

त्यसैगरी पूर्वी तराईको सिँचाइ प्रणाली पुनर्स्थापनाका लागि जापान सरकारले २२ सय ५६ मिलियन जापानी येन अनुदान दिने भएको छ ।

सञ्चारमन्त्री कार्कीकाअनुसार २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको सो अनुदान सहायत स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।