६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित



२९ साउन ०७९,काठमाडौं । प्रतिनिधिसभाबाट आज बीमा विधेयक, २०७९ पारित भएको छ।  अर्थमन्त्री जनार्दन शर्माबाट संसदमा पेस गरिएको बीमा विधेयक पारित भएको हो। करिब ४ वर्षपछि बीमा विधेयक पारित भएको हो।

गत असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेको थियो। विधेयकमा भएका १ देखि १७२ सम्मका बुँदा तथा अनुसूची पनि संशोधन विधेयकको अंग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस भएकोमा पारित भएको हो।

त्यसपछि अर्थमन्त्री शर्माले बीमा विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसरी शर्माले गरेको प्रस्ताव संसदबाट बहुमतले पारित भएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।