२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु



२९ साउन ०७९,काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४,८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

२,३०८ पीसीआर परीक्षणमा ३०५ र २,५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ। त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।