६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् संसदमै नागरिकता विधेयक फिर्ता




२९ साउन ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले उक्त विधेयकमा राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
संसदीय समितीले संसद बैठकमा पेश गरेको विद्ययकलाई सरकारले फिर्ता लिई प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । केही समयअघि केप ीओली सरकारको पालामा अध्यादेश मार्फत नागरिकता विद्ययक जारी गरि नागरिकता दिन सुरु गरिएको भए पनि सवोच्च अदातलको आदेश पनि विद्ययक फिर्ता गरिएको थियो
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।
फिर्ता भएको विद्ययक दुवै संसदले परिमार्जन गर्न जरुरी नरहेको ठह¥याई बहुमतले पुनः पारित गरि पठाएको खण्डमा राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था संविधानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।