२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् संसदमै नागरिकता विधेयक फिर्ता




२९ साउन ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले उक्त विधेयकमा राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
संसदीय समितीले संसद बैठकमा पेश गरेको विद्ययकलाई सरकारले फिर्ता लिई प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । केही समयअघि केप ीओली सरकारको पालामा अध्यादेश मार्फत नागरिकता विद्ययक जारी गरि नागरिकता दिन सुरु गरिएको भए पनि सवोच्च अदातलको आदेश पनि विद्ययक फिर्ता गरिएको थियो
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।
फिर्ता भएको विद्ययक दुवै संसदले परिमार्जन गर्न जरुरी नरहेको ठह¥याई बहुमतले पुनः पारित गरि पठाएको खण्डमा राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था संविधानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।