२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमित बढ्दै, थप ८८८ जनालाई पुष्टि, एक जनाको मृत्यु



३० साउन ०७९, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा नेपालमा ८८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२७ र एन्टीजेन परिक्षण गर्दा ४६१ गरी जम्मा ८८८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.३ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७३७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ५० हजार ६४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।