६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


८४८ जनामा कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु



३१ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार मंगलबार एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

एक दिनमा कुल पाँच हजार ६१९ कोरोना परीक्षण हुँदा २ हजार ७२२ पीसीआर परीक्षण र २ हजार ८९७ एन्टिजेन परीक्षण भएको थियो । यसरी पीसीआर परीक्षण गर्दा ३९९ जना र एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३५ जना, ललितपुरका २९ जना र भक्तपुरका सात जना छन् ।

मन्त्रालयका अनुसार मंगलबार ५२६ जनाले संक्रमण जितेका छन् । अहिले नेपालमा कुल पाँच हजार २५९ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।