६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नागरिकता विधेयक हुबहु पारित : पक्षमा १३५, विपक्षमा ६० मत



२ भदौं ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको हो । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको हो ।

एमाले सांसदहरुले संवेदनशील विषय भएकाले ध्वनी मतबाट नभई मत विभाजनबाट विधेयकको टुंगो लगाउन माग गरेपछि सभामुखले मत विभाजन गराएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।