६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर थपिए २९९ जना कोरोना संक्रमित, २ जनाको मृत्यु



४ भदौं ०७९,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।