२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन दलहरुमा साना दलले मागे धेरै सिट



फाइल फोटो

१० भदौं ०७९,काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि साना दलले धेरै सिट खावी गरेका छन् । बैठकमा माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)ले ४० सिट दावी गरेको छ भने भर्खरै फुटेको जनता समाजवादी पार्टी नेपालले ३२ सिटको दावी गरेको छ । अर्को सानो दल राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् ।
बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेस एक्लैले १ सय सिटको दावी गरिरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले ६० आफूले पाउनु पर्ने दावी छ ।
गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उनले बताए । भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।
यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।