५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा



१९ भदौं ०७९, काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले मङ्गलबार भेट गर्ने कार्यक्रम छ ।  नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डे सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण, सम्मान गारत निरीक्षण, वृक्ष रोपण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रियालगायतका कार्यक्रमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।