५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदको कार्यकाल लम्ब्याउने विधेयक अघि नबढ्ने, कानून संशोधन प्रक्रिया रोक्न प्रधानमन्त्रीको निर्देशन



२० भदौं ०७९, काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ ।

विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानून संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले कानूनमन्त्री शर्मालाई बोलाएर विधेयक अघि नबढाउने निर्देशन दिएका छन् । नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ताअघि सांसद पदमुक्त हुनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

त्यही कारण प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म रहने आयोगको भनाइ छ । तर सरकारले कानून संशोधनमार्फत त्यसपछि पनि सांसदको पद कायम गर्न खोजेपछि त्यसको सर्वत्र आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।