५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सात हजार ३५६ जनामा डेंगी संक्रमण, सबैभन्दा बढी वाग्मती प्रदेशमा



२६ भदौं ०७९, काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा १८८ जनामा संक्रमण देखिएको छ ।
महाशाखाका अनुसार हालसम्म डेंगी संक्रमणबाट दुईजनाको मृत्यु भएको तथ्यांक छ । विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार भने डेंगीबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ ।

महाशाखाले अर्ली वार्निङ रिपोर्टिङ सिस्टम इवार्समार्फत देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । इवार्समा हालसम्म ११८ वटा अस्पताल मात्रै समावेश रहेकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने महाशाखाले जनाएको छ ।

डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।

डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरु बारम्बार खान र जीवनजल पानी धरै पिउन डा.पुनको सुझाव छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।