५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउनेले निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् – दिनेशकुमार थपलिया




काठमाडौं,  भदौ २७ गते ।  स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताएका छन् ।

उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने भन्दै थपलियाले ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन नपाईने बताएका छन् । स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताए । स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उनको भनाई छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।