२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नेपाल देशी विदेशीको क्रीडाभूमि’(भिडियोसहित)




१४ असोज ०७९, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिदै नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् ।
भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका पुर्वराजा शाहले व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको बताएका छन् ।
उनले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् ।
उनले भने, ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’

पुर्वराजा ज्ञानेन्द्रले आफू बोलिरहेको भिडियोमा स्वर्गीय राजा विरेन्द्र र ऐश्वर्यका तस्विर राखेका थिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।