२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिले शित्तल निवासमा गरिन् नव कन्यालाई नवदुर्गाको अवतार स्वरुप मानेर पूजा




१८ असोज ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छिन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् ।
ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसँै पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छिन् ।
उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।