
३१ असोज ०७९, काठमाडौं । संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार (कात्तिक १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
यस्तै, कात्तिक १ गते राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पनि पोखरेलले जानकारी दिएका छन्।








प्रतिक्रिया