१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिनेछ–उपप्रमुख सुनिता डंगोल



काठमाडौँ महानगरपालिका उपप्रमुखका उम्मेदवार सुनिता डङगोल । तस्बिर : चन्द्रकला क्षेत्री\रासस

२३ कात्तिक ०७९, काठमाडौं ।  पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको भनाई छ । आज बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकको अध्यक्षता गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

उनले सामानको मूल्य, गुणस्तर र स्वच्छताप्रति उपभोक्ता र व्यवसायी आफैँमा पनि जागरुकता आएको र यो ठूलो उपलब्धी भएको उल्लेख गरेकी छन् । उपप्रमुख डंगोलले अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य भएको बताएकी छन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले औषधिजन्य बस्तुको मूल्य, उपभोग्य मिति, मिश्रण, विक्रेताको अनुमतिलगायतका विषयमा धेरै गुनासो रहेको बताउका थिए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।