२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाजुरामा भूकम्पको धक्का



२४ कात्तिक ०७९, काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।