२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्युठानमा एमालेका सूर्य थापा र कास्की–२ मा विद्या भट्टराई विजयी



८ मंसिर ०७९, काठमाडौं ।  एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन् ।

त्यस्तै कास्की- २ बाट एमाले नेतृ विद्या भट्टराई  प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए ।नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए ।भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।