१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एमाले अध्यक्ष ओली र माओवादी दाहालबीच बधाई आदानप्रदान




८ मंसिर ०७९, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित ुभएकामा बधाई भएका हुन् ।
माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए ।
अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गरेका थिए । एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।