२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धनको क्लीन स्वीप 




९ मंसिर ०७९, काठमाडौं ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेसका) मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो ।

बस्नेतले ३९ हजार  ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै  लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्र) का माधब सापकोटा विजयी भए ।यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा  बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् । १ क मा कांग्रैसका मसिना खड्का भण्डारी  र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।