
११ मंसिर ०७९, काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा बुथ कब्जा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने निर्णय गरेको छ ।
नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले यो निर्णय लिएको हो।
स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो। आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।







प्रतिक्रिया